एमसीसीबारे माओवादीको ‘कूटनीतिक’ वाक्य
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘राजनीतिक र संगठनात्मक प्रस्तावमा लिपुलेक र एमसीसीबारे पार्टीको पोजिसन स्पष्ट पारिएको छ ।’ केन्द्रीय सदस्यहरुलाई बाँडिएको राजनीतिक र संगठनात्मक प्रस्ताव हेर्दा अमेरिकी सहयोग एमसीसीबारे एक वाक्य मात्र उल्लेख थियो ।
प्रचण्डद्वारा बैठकमा प्रस्तुत प्रस्तावमा यत्ति मात्रै भनिएको छ, ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गरिने छ ।’ बैठकमा बोल्ने क्रममा पनि प्रचण्डले एमसीसीबारे कुनै व्याख्यात्मक टिप्पणी गरेनन् । र, लिखित दस्तावेजमा पनि यसलाई कूटनीतिक सम्वादबाट हल गरिने बताइएको छ ।
सम्भवतः आइतबार प्रचण्डको दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले गर्ने समूहगत छलफलमा यसबारे कुरा उठ्ने छ र दस्तावेजलाई अन्तिम रुप दिने बेलामा एमसीसीबारे माओवादीको पोजिसन थप स्पष्ट रुपमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण