मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीबारे माओवादीको ‘कूटनीतिक’ वाक्य

शनिबार, ३० साउन २०७८, ११ : ००
शनिबार, ३० साउन २०७८

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘राजनीतिक र संगठनात्मक प्रस्तावमा लिपुलेक र एमसीसीबारे पार्टीको पोजिसन स्पष्ट पारिएको छ ।’ केन्द्रीय सदस्यहरुलाई बाँडिएको राजनीतिक र संगठनात्मक प्रस्ताव हेर्दा अमेरिकी सहयोग एमसीसीबारे एक वाक्य मात्र उल्लेख थियो ।

प्रचण्डद्वारा बैठकमा प्रस्तुत प्रस्तावमा यत्ति मात्रै भनिएको छ, ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गरिने छ ।’ बैठकमा बोल्ने क्रममा पनि प्रचण्डले एमसीसीबारे कुनै व्याख्यात्मक टिप्पणी गरेनन् । र, लिखित दस्तावेजमा पनि यसलाई कूटनीतिक सम्वादबाट हल गरिने बताइएको छ ।

सम्भवतः आइतबार प्रचण्डको दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले गर्ने समूहगत छलफलमा यसबारे कुरा उठ्ने छ र दस्तावेजलाई अन्तिम रुप दिने बेलामा एमसीसीबारे माओवादीको पोजिसन थप स्पष्ट रुपमा आउनेछ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप