एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै
औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । यसअघि एमाले वरिष्ठ नेताको हैसियतमा देखिने नेपाल आजबाट भने नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण