तालिबानले फायरिङ गर्दा कम्तीमा २ जनाको मृत्यु, दुई घाइते
अफगानिस्तानको असादावादमा तालिबानले गोली चलाउँदा कम्तीमा दुईजनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ । स्वतन्त्रता दिवस मनाउन भेला भएको भीडमाथि तालिबानी लडाकुहरुले गोली चलाएका हुन् ।
त्यसैगरी जलालावादमा स्वतन्त्रता दिवसका अवसरमा अफगानी झण्डा फहराइरहेका व्यक्तिमाथि लडाकुहरुले गोली चलाएका छन् । यसक्रममा एक पूरुष र एक किशोर घाइते भएका छन् । अल जजिराका अनुसार झण्डाको विषयलाई लिएर काबुलमा तालिबानी लडाकु र सर्वसाधारणबीच विवाद निम्तिएको थियो । सडकमा हिँडिरहेका सर्वसाधारणले अफगानिस्तानको पुरानो झण्डा बोकेका थिए, तालिबानले यसमा आपत्ति जनाएपछि उनीहरुले यही झण्डा नै आफ्नो पहिचान रहेको बताएका थिए ।

अहिले काबुल विमानस्थलबाट मानिसहरुले अफगानिस्तान छाड्ने क्रम पनि चलिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी नागरिकले अफगानिस्तान नछाडेसम्म विमानस्थलमा आफ्ना सैनिक कायमै रहने बताएका छन् । यसअघि अमेरिकाले ३१ अगस्टमा अफगानिस्तान छाड्ने समयसीमा तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण