रुकुम पूर्वमा सडक अवरुद्ध
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुमपूर्वको भूमे गाउँपालिकामा सडक अवरुद्ध भएको छ । भूमे गाउँपालिका ४ धौलापहिरा नजिकै सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । गएराति परेको भारी वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुम पूर्वबाट बागलुङ, पर्वत, पोखरा, काठमाडौंका लामो दुरीका सवारी साधनहरु यही सडक मार्ग भएर आवतजावत गर्छन् सडक अवरुद्ध हुँदा आवातजावत बन्द भएको छ ।
बिहानैदेखि सवारी साधनहरु पहिरो खसेको ठाउँमा आएर रोकिएका भूमे गाउँपालिका ३ काचन्द्र रसाइलीले बताए । उनका अनुसार स्थानीय सवारी साधनहरु पनि ठप्प भएका छन् । रूकुमकोटबाट जिल्लाका विभिन्न ठाउँमा जाने र रूकुमकोट आउने सवारी साधनहरुलाई समस्या परेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सडक सुचारु गर्नका लागि टोली पठाइएको बताए । उनले पहिरो हटाउनका लागि कति समय लाग्ने एकिन नभएको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण