मनपरी भाडा असुल्दै हुम्लाका सार्वजनिक सवारी
हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँसम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेको छ । सिमकोटदेखि खार्पुसम्म जम्मा ११ किलोमिटर दूरीमा यहाँका जीप तथा बोलेरो जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको स्थानीयवासी कुम्मेर हमालले गुनासो गरे । लकडाउनअघि रु ३५० भाडा लिएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन् । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ ।
सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरी रुपमा यात्रुबाट भाडा लिन थालेका छन् । व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन् । “मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ”, हमालले भने ।
गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ । जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेका विषयमा अनुगमनसमेत नभएको पाइन्छ । सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समस्या निम्त्याएको छ । भाडा बढी लिएका विषयमा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो नराखेको हमालले गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण