मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु
शनिबार, ०५ भदौ २०७८, १३ : ०३
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।
शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बागलुङ, पर्वत, बुटवल, पोखरा, काठमाडौँसम्म जाने सवारी साधनलाई पनि सहज भएको छ ।
उक्त सडक खण्डमा कमजोर भूगोलका कारण वर्षाको समयमा बेला बेला सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण