सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आज रक्षाबन्धन : कस्तो रहनेछ तपाईंको भाग्य ?

आइतबार, ०६ भदौ २०७८, ०५ : ५६
आइतबार, ०६ भदौ २०७८

वि.सं.२०७८ साल भदौ ०६ गते । आइतबार । ईश्वी सन् २०२१ अगष्ट २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पूर्णिमा, बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– धनिष्ठा, बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त शतभिषा । योग– शोभन, दिउसो १२ बजेर १४ मिनेट उप्रान्त अतिगण्ड । करण– भद्रा, बिहान ०५ बजेर ४४ मिनेट उप्रान्त बव, बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मकर, बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त कुम्भ । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३८  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी १९ पला । पूर्णिमा । ऋृषितर्पणी । रक्षाबन्धन । व्याजाँनके । गुँपुन्हि । मानसव्रत समाप्ती । पशुपतिनाथ,ल.पु. कुम्भेश्वर,गोसाइँकुण्ड सोलु दुधकुण्ड,जनकपुर धनुषसागर आदि स्थानमा मेला ,डडेलधुरा भागेश्वरजाँत, संस्कृत दिवस, मुक्तिनाथ यार्तुङ, डोलेश्वर उत्सव,सिंजाकुलायान पूजारम्भ ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । 

 
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ ।  मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । 

 सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्राका क्रममा उपलब्धि मूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरू गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  काम गरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप