बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नाति ह्यारीविरुद्ध महारानीले कानूनी परामर्श लिँदै

आइतबार, ०६ भदौ २०७८, १३ : १६
आइतबार, ०६ भदौ २०७८

बेलायती महारानी एलिजावेथले दरबारका उच्च सहयोगीहरुलाई कानूनी लडाइँको योजना बनाउने आदेश दिएकी छिन् । बेलायती वेवसाइट द सनमा प्रकाशित समाचारअनुसार नाति ह्यारी र नातिनी बुहारी मेघान मर्केलले एकपछि अर्को खराब टिप्पणी गरेसँगै महारानी हैरान भएकी हुन् । महारानीको कानूनी टिमले मानहानी सम्बन्धी मुद्दाका लागि विज्ञहरुसँग परामर्श लिइरहेको समाचारमा उल्लेख छ । 

९५ वर्षीया महारानी नातिको टिप्पणीबाट हतास भइसकेको दरबार निकट स्रोतले जनाएको छ । ‘इनफ इज इनफ भन्ने खाले भावना महारानीबाट व्यक्त भइरहेको छ’ स्रोतले भन्यो । गत महिना ह्यारीले सबै सनसनीपूर्ण विषयहरु ओकलेर पुस्तक लेखिरहेको घोषणा गरेका थिए । ‘द क्विन्स प्लाटिनम जुब्ली’ नाम यो पुस्तक आगामी वर्ष प्रकाशित हुने उनले बताएका थिए । 

दरबारका लागि यो ठूलो धक्का थियो । यस विषयमा प्रकाशन पेन्गुईन र्यान्डम कानूनी रुपमा सचेत गराउने दरबारको योजना छ । ‘शाही कानूनी टोलीले मानहानी र निजी मामिलाबारे केन्द्रीत रहेर प्रकाशकसँग कुराकानी गरिरहेको छ’ स्रोतले भन्यो,‘यदि कसैको नाम उल्लेख गरियो वा कसैमाथि सिधा–सिधा कुनै आरोप लगाइयो भने त्यो मानहानी हुनसक्छ र यसले उनीहरुको निजी पारिवारिक जीवनमा पनि दख्खल पुर्‍याउन सक्छ ।’

३६ वर्षीय ह्यारी र ४० वर्षकी मेघान अहिले अमेरिकामा बस्दै आएका छन् । उनीहरुले निरन्तर शाही सदस्यहरुको आलोचना गर्दै आएका छन् । शाही परिवारका एक सदस्यले आफ्ना छोरा आर्चीको छालाको रंगलाई लिएर सवाल उठाएको आरोप केही समयअघि ह्यारीले लगाएका थिए, तर ती सदस्यको नाम भने खुलाएनन् ।

हलिउड अभिनेत्री मेघान अश्वेत आमा र श्वेत बाबुकी छोरी हुन् । बेलायती राजकुमारसँगको विवाहपछि उनलाई दरबारको रहन सहनमा भिज्न निकै सकस परेको थियो । त्यहीकारण शाही जिम्मेवारीहरू त्यागेर अमेरिकामा बस्ने निर्णय ह्यारी र मेघानले लिए । 

-महारानी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । –सम्पादक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप