सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘हे माइती राजा’मा शिल्पा

मङ्गलबार, ०८ भदौ २०७८, १३ : ४१
मङ्गलबार, ०८ भदौ २०७८

अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ सार्वजनिक भएको छ ।

तीजको पूर्व सन्ध्या पारेर सार्वजनिक गीतमा डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर रहेको छ । गीतमा संगीत संयोजक ओम सुनारले गरेका छन् ।

मदानी मुभि एण्ड इन्टरटेन्मेन्टले गीतको भिडियो निर्माण गरेको हो । जसको निर्देशन फिल्म निर्देशक नवल नेपाल गरेका छन् । नारीको वेदना, तीजको बेलामा माइतीले गरेको अवहेलनालगायत बिषय भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकामा देखिएकी छन् ।

रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप