माधव र महन्थको दल दर्ता आजै
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु-याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलबार भन्यो ।
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
-
मिटरब्याजी पीडितलाई बाटाेमै रोक्ने गृहमन्त्रीको प्रयास, प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन
-
नेपाल–भारत दुई दिने संयुक्त ऊर्जा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण