राष्ट्र बैंकले घाउमा मलम लगाइदियो : यातायात व्यवसायी
बुधबार, ०९ भदौ २०७८, १५ : ३७
यातायात व्यवसायीले नेपाल राष्ट्र बैंकले घाउमा मलमपट्टि लगाइदिएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले गरेको व्यवस्थाले आफुहरुको घाउमा मलमपट्टि लागेको व्यवसायीले बताएका हुन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले प्रति सवारी दुई लाखका दरले थप कर्जा दिने व्यवस्था स्वागतयोग्य भएको बताए । उनले महामारीका कारण समस्यामा परेका व्यवसायीलाई ठूलो राहत नभएपनि मलमपट्टि लगाउने काम केन्द्रीय बैंकले गरेको बताए ।
कोभिड–१९ महामारीका कारण २०७६ सालको चैत ११ गतेदेखि गरिएको लकडाउनबाट सबैभन्दा बढी प्रभावित हुनेमा पर्यटनपछि यातायात व्यवसायी पनि पर्छन् । त्यसैले यो क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने कर्माचार्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण