सुदूरपश्चिममा भीम रावललाई धक्का
सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।
रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।
एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।
नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण