स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी
अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रुसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ ।
खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, “अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रुसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।”
अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ । अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । ल्याटिन अमेरिकी यस मुलुकले कोभिड–१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई ५ करोड मात्रामा वृद्धि गर्ने बताएको छ ।
करिब ४ अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण