मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

दोहोर्‍याएर नेतृत्व हत्याउन देउवालाई सकस

सोमबार, १४ भदौ २०७८, ०७ : ११
सोमबार, १४ भदौ २०७८

१४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन् ।

मुख्य गरी कांग्रेसभित्र सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गरी तीन गुट सक्रिय थियो । देउवा पक्षका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाएसँगै पार्टीभित्र चौथो गुट पनि बन्दै गएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ ।

संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी भन्छन्– ‘१४औं महाधिवेशनमा देउवालाई पराजित गर्न संस्थापन पक्ष एकजुट भएर सभापतिमा एकमात्र उम्मेदवारी दिनुपर्छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप