सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक

सोमबार, १४ भदौ २०७८, १५ : २३
सोमबार, १४ भदौ २०७८

नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप