स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने, सतर्क रहन आग्रह
स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।
स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो ।
चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पु¥याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।
गत वर्ष कान्ति बाल अस्पतालमा गरेको एक अनुसन्धानमा स्क्रब टाइफसको मृत्यु दर ५ प्रतिशत देखिएको थियो । स्क्रब टाइफस रगतको परीक्षणबाट पत्ता लाग्छ र प्रायः अस्पतालहरुमा यसको परीक्षण हुन्छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार स्क्रब टाइफसको किटाणु धेरैजसो एसिया र अस्ट्रेलिया महादेशमा पाइन्छ । स्क्रब टाइफस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपचार निर्देशिका बनाइसकेको छ ।
स्क्रब टाइफसबाट धेरैजसो किसान परिवार प्रभावित हुने गर्छन् । खेती किसानीको काम गर्ने खुला ठाउँमा बस्नेलाई बढी सर्ने सम्भावना हुन्छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफस मुसा वर्गको जीवबाट सर्छ । यसको किटाणु किर्नाजस्तै हुन्छ । बच्ने प्रमुख उपाय भनेको खेतबारीमा काम गर्दा गमबुट लगाउने, बाहिर खुला ठाउँमा नसुत्ने, ज्वरो आइहाले तुरुन्त उपचार गर्ने नै हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण