रियलद्वारा फ्रेन्च युवा खेलाडी अनुबन्ध
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन ।
सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । उनी त्यतिबेला मात्र १६ वर्ष र ४ महिना उमेरका थिए । त्यसपछि उनले आफूलाई पहिलो रोजाइको खेलाडीमा स्थापित गर्दै दुई सिजनमा लिगका ६० खेल खेले ।
सन् २०२० को सेप्टेम्बरमा क्रोएसियाविरुद्धको नेसन्स लिग अन्तरगतको खेलमा फ्रान्सका लागि डेब्यू गरे । सन् १९१४ पछि फ्रान्सका लागि खेल्ने उनी सबैभन्दा कान्छो खेलाडी बने । एक महिनापछि युक्रेनविरुद्ध ७–१ को जित निकाल्दा उनले फ्रान्सका लागि पहिलो गोल पनि गरे । सन् २०२० को यूरोका लागि भने उनी छनोट भएनन् ।
कामाभिङ्गा यो सिजन रियलले अनुबन्ध गरेको दोस्रो खेलाडी हुन् । यसअघि रियलले अस्ट्रियाका डिफेन्डर डेभिड अलाबालाई बायर्न म्युनिखबाट अनुबन्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण