सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । सापकोटाविरुद्ध परेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्नेगरी पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको बेन्च गठन भएको थियो । सो इजलासले सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश गरेको छ । अब, अर्को इजलास गठन भएपछि मात्र सापकोटा विरुद्ध परेको रिटमा सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता (सह रजिष्टार) बाबुराम दाहालले रातोपाटीलाई बताए ।
सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । उनीविरुद्ध अर्जुनपत्नी पूर्णिमाया लामाले २०६९ मा र कनकमणि दीक्षितले २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्न बुधवार पेशी तोकिएको थियो । यसअघि ३० फागुन २०७६ मा सो मुद्दाको पेशी तोकिएको थियो ।
काभ्रेको दाप्चास्थित श्रीकृष्ण माविबाट २०६२ वैशाखमा लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै पत्नी पूर्णिमायाले दिएको जाहेरी प्रहरीले नलिएपछि उनी सर्वोच्च अदालतमा पुगेकी थिइन् ।
सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटाविरुद्ध जाहेरी दर्ता भएको थियो । सो जाहेरी महान्यायाधिवक्ताको कार्यालयको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले तामेलीमा राखेको छ । त्यसविरुद्ध पूर्णिमाया र कनकमणि दीक्षितले फेरि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार