काँग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट
नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।
तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा काँग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।
सोहीअनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट सुरु हुने भएको हो । यसअघि, केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिकाअनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ । यद्यपि, केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने भएको हो ।
जिल्लामा हुने निर्वाचन मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्नेगरी काँग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । काँग्रेस नेता मीन विश्वकर्माले १८ बाट सुरु गरेर २३ भदौसम्ममा वडा अधिवेशन सक्न र २७ भदौबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण