एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा
शुक्रबार, १८ भदौ २०७८, १७ : ४२
सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।
सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मकैदको सजाय तोकेको छ । ढकाललाई सैनिक अदालतले सोही हतियार प्रयोग गरी आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्यामा कसुरदारसमेत ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण