शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

शुक्रबार, १८ भदौ २०७८, १९ : १०
शुक्रबार, १८ भदौ २०७८

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले रातोपाटीलाई जानकारी दिए ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । केही दिनअघि गौतमले रातोपाटीमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप