रेशम चौधरीलाई जसपाले न्याय दिलाउँछ : सांसद यादव
सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले फसाएको सांसद यादवले आरोप लगाएका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु सांस्कृतिक नाच घरको शिलान्यास गर्दै उनले नाच घरले थारुहरूको संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । थारु समुदायको वैवाहिक, धार्मिक र संस्कृति कार्यको लागि नाच घर उपयोगी भएको उनले बताए । उनले सोलकपुरमा पक्की सडक बनाउने समेत वाचा गरे । आफ्नो मन्तव्य राख्दै सांसद यादवले थारुहरू नै नेपालका पुराना र पहिलो बसोबास गर्ने जति रहेको तर आज एउटा सोसित र उत्पीडन मा परेको समुदाय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
-
करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु
-
टर्कीमा युएनको भवन निर्माणमा रोजगारी दिलाउँछु भनेर ४ करोड ठग्ने पक्राउ
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
‘बस्यौ अलक्कै’ मा अर्जुन र गरिमाको रोमान्स