उदयपुरमा बाढीले बगाएर बालिकाको मृत्यु
आइतबार, २० भदौ २०७८, १३ : २३
उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
खोला छेउमा पार्किङ गरेर राखेको प्र–१–०५–००१ह ०१२७ नम्बरको अटो बाढीले बगाउने डरले पन्छाउन परिवारसँग गएकी बालिकालाई अचानक आएको बाढीले बगाएको थियो । प्रहरीले ८ किलोमिटर तल त्रियुगा नगरपािलका–९ बाट बालिकाको शव निकालेको छ । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण