उदयपुरमा बाढीले बगाएर बालिकाको मृत्यु
आइतबार, २० भदौ २०७८, १३ : २३
उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
खोला छेउमा पार्किङ गरेर राखेको प्र–१–०५–००१ह ०१२७ नम्बरको अटो बाढीले बगाउने डरले पन्छाउन परिवारसँग गएकी बालिकालाई अचानक आएको बाढीले बगाएको थियो । प्रहरीले ८ किलोमिटर तल त्रियुगा नगरपािलका–९ बाट बालिकाको शव निकालेको छ । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?