सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सन्ध्या र युवराजको ‘मेरी माया...’ सार्वजनिक

सोमबार, २१ भदौ २०७८, १५ : ३२
सोमबार, २१ भदौ २०७८

गायिका सन्ध्या डिले ‘मेरी माया आउँदै छिन्...’बोलको गीत ल्याएकी छन् । सन्ध्याकै शब्द तथा संगीत गीतमा रहेको छ । मेलोडियस शैलीको यो युगल गीतमा सन्ध्यालाई गायक युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् ।
अध्ययन तथा रोजगारीका क्रममा विदेशिएका चेलीको कथा गीतमा छ । सन्ध्या पहिले रेडियो नेपालको बाल कार्यक्रममा समेत गीत गाउने गर्दथिन् ।

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा टिकटकमा चर्चित अनुहार पुरुषोत्तम सिग्देल, सुजान श्रेष्ठ, सब्बु तथा सृजनाको अभिनय देख्न सकिन्छ ।
रामेश्वर जिरेलको छायाँकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको भिडियो कमल योञ्जनले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप