सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

शिव परियारको नयाँ गीत ‘शुभकामना’

बुधबार, २३ भदौ २०७८, १८ : ११
बुधबार, २३ भदौ २०७८

चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । कुशे औशीको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको गीतमा विकास घले गुरुङको शब्द रहेको छ । सन्तोष श्रेष्ठको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन गीत विकासले नै गरेका छन् ।

म्युजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ लगायतको अभिनय देख्न सकिन्छ । विशाल ढुंगानाले छायाँकन रहेको गीतले आमा, बाबु, गुरु वर्गको सम्मान गर्ने निर्देशक गीतकार विकासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप