रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
यसैबीच बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएका छन् । दाङको घोराही उपमहानगरपालिका–४ तल्लो भकारे निवासी ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको हो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा पनि बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण