आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ब्लड क्यान्सरबाट ग्रसित गायक राजु चौधरीको निधन

शुक्रबार, २५ भदौ २०७८, १३ : ३०
शुक्रबार, २५ भदौ २०७८

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ । उनी ब्लड क्यान्सरबाट ग्रसित थिए ।

उनको शुक्रबार निधन भएको 'द स्याडोज नेपाल'का गायक स्वप्निल शर्माले जानकारी दिए । स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन् ।

राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।

 


स्वप्निलका अनुसार राजुको बिहिबार राती रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको रगतमा अत्यधिक संक्रमण भएका कारण औषधीले पनि राम्रोसँग काम गर्न सकेको थिएन ।  

राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप