एमालेको चेतावनी : संसदमा अप्रिय घटना भए त्यसको जिम्मा सभामुख र सत्तापक्षले लिनुपर्छ
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको छ । साथै सो पार्टीले भोलि संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ ।
शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताए । उनले सत्तापक्ष एकलौटी ढंगले जान खोजेको र सभामुखले निष्पक्ष भूमिका निर्वाह गरेर नगएकाले भोलि त्यसले संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए । ‘परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको छ ।
भोलि संसदमा कुनै अप्रिय घटना भयो भने त्यो सभामुख र सत्तापक्षले जिम्मेवारी लिनुपर्छ’ एमालेको चेतावनी छ । सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएकोमा पनि एमालेले आपत्ति जनाएको छ । एमाले नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको भनाइ छ ।
एमालेले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको हो । ‘सरकारको तर्फबाट प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्ने काम भयो । यो असंसदीय काम भयो र सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ, शनिबारको स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ र विगतका सरकारले ल्याएका लोकप्रिय कार्यक्रम कटौती गरिएको छ’ एमाले सचिव योगेश भट्टराईले भने ।
अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय कार्यक्रमलाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’ त्यस्तै एमालेले सभामुखको निष्पक्ष भूमिका नभएको भन्दै लगातार विरोध गरिरहेको र संसदीय मूल्य मान्यताभित्र बसेर विरोध गर्न सांसदहरुको ध्यानाकर्षण गराएको छ । त्यसका लागि थप स्पष्ट पार्न सो पार्टीले आइतबार १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।
त्यस्तै आम नागरिकले सडकमा गर्ने शान्तिपूर्ण प्रदर्शनमा सरकारको धरपकडको विरोध गर्दै प्रदर्शनमा सहभागी हुनेहरूलाई पनि शान्तिपूर्ण बनाउन पनि उक्त पार्टीले आव्हान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
