असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी
दसैँ/तिहारका लागि यही असोज दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । विभागका अनुसार असोजको ९ देखि ११ गते भित्रमा दसैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ने छ ।
विभागले यातायात व्यवसायी र ट्राफिक प्रहरीसँगको गरेर मात्र अग्रिम बुकिङ खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुषालले रातोपाटीसँग भने, ‘हामी ७ गते व्यवसायी र ट्राफिक प्रहरीसँग बैठक बस्छौँ । त्यही बैठकले टिकट अग्रिम बुकिङ खुलाउने निर्णय गर्छौँ ।’ सोही निर्णयअनुसार दसैँका लागि टिकटको अग्रिम बुकिङ खुल्ने उनले बताए ।
भुषालले २१ गते घटस्थापना रहेको र त्यसको १० दिन अगाडिदेखि बुकिङ खुलाउनुपर्ने बताए । यस्तै, उनले यो वर्ष उपत्यकाबाट १० लाख हाराहारी मानिस दसैँमा बाहिरिन सक्ने अनुमान विभागले गरेको जानकारी दिए । ‘गत वर्ष कोभिडका कारण बढीमा ४ लाख मानिस दसैँ मनाउन उपत्यकाबाहिर गए । अघिल्ला वर्षमा २०/२२ लाख मानिस घर जान्थे,’ उनले भने, ‘यो वर्ष धेरैले खोप लगाएकाले गत वर्षको भन्दा कम्तिमा दोब्बर मानिसले उपत्यका छाड्ने आँकलन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण