संविधान जारी हुँदा मधेसका युवामाथि गोली बर्साएको बिर्सेका छैनौँ : भण्डारी
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधानले पूर्णता पाए पनि आफूहरूले असोज ३ गतेलाई कालो दिनकै रूपमा मनाउने बताएका छन् । संविधान जारी हुँदा मधेसमा आन्दोलनरत युवाहरूमाथि गोली बर्साएर उनीहरूको रगत बगाइएको बताउँदै त्यस दिनलाई बिर्सिन नसक्ने उनले बताएका हुन् ।
बन्दुकको नालमा राखेर जबरजस्ती संविधान निर्माण गरेको बताउँदै नेता भण्डारीले संविधान संशोधन नभएसम्म लोसपाले आन्दोलन जारी राख्ने बताए । पहिलो संविधानसभाबाट मधेसी, आदिवासी जनजाति, पिछडिएको समुदायको हितमा संविधान बन्ने सम्भावना भएको तर ठूला दलहरूले षड्यन्त्र गरेर संविधानसभा विघटन गराएको उनले आरोप लगाए । लोसपा बागमती प्रदेश समितिले शहीदको बलिदानी एवं संविधानसभा पूर्णता विषयमा आयोजना गरिएको कार्यक्रम बोल्दै नेता भण्डारीले भने, 'संविधानमा केही राम्रो कुरा पनि छन् तर त्यसलाई स्वीकार गर्दै अधुरो रहेको कुरालाई सम्बोधन गर्न आफूहरूले भन्दै आएका हौँ ।'
लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले संविधानका असन्तुष्टि सम्बोधन नभएसम्म लडाईं जारी रहने बताए । लोकतन्त्रको रक्षाको लागि एकपटक पुन: आन्दोलन गर्नु पर्ने धारणा राख्दै उनले उनले भने, 'सके संविधान पुनर्लेखन गरियोस्, नभए त्यसलाई संशोधन गरियोस् ।" पूर्व राजदूत विजयकान्त कर्ण दक्षिण एसियाकै सबभन्दा समावेशी नेपालको संविधानसभा बनेको तर दलहरूको आपसी खिचातानीले गर्दा पहिलो संविधानसभा विघटन भएको बताए । दोस्रो संविधानसभाले षड्यन्त्रपूर्वक संविधान निर्माण गरेको कारण त्यसलाई स्वीकार नगरेको उनले बताए ।
सत्ताको राजनीतिले गर्दा संविधान संशोधन नहुने बताउँदै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीतिलाई तहसनहस गरेको आरोप लगाए । अधिवक्ता सुरेन्द्र महतोले संविधानसभाबाट जे अपेक्षा गरेको थियो प्राप्त नभएको कारण आज कालो दिवस मनाएको बताए । संविधानलाई पुनरावलोकन गर्नका लागि बृहत् भेला हुनुपर्ने बताउँदै उनले अहिले प्रायोजित रूपमा सङ्घीयतालाई समाप्त पार्ने प्रयास भइरहेको पनि बताए । राजनीति विश्लेषक जयनिशान्तले एकतिहाइ नेपाली जनताले संविधानलाई अस्वीकार गरेको कारण असोज ३ लाई कालो दिनको रूपमा मनाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण