पहिरोमा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु

गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताए ।
'मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भयौँ,' छिमेकीहरूले भने, 'तत्काल गुहार दिने कोही भएन । केही बेर पछि नजिकै रहेको नेपाल प्रहरी नेपाली सेना लगायत आएर शवहरू निकालेका थिए ।' गङ्गा जमुना दुई बहिनीहरू महेन्द्र नमुना मावि कक्षा ८ मा पढ्ने विद्यार्थी भएको त्यस विद्यालयका शिक्षक रोम विश्वकर्माले जानकारी दिए । जेठी छोरी विवाहित हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित