काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप
बुधबार, ०६ असोज २०७८, १४ : २५
काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।
सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन् ।
बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने