पार्टी सभापतिमा उम्मेदवारी दिन्छु : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।
उनले १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजा परिषदको जस्तै हुने चेतावनी दिए । उनले सिंगो पार्टी पङ्क्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक–पटक दोहोर्याए । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए ।
उनले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है । मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं । उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि त्याग, तपस्या, कुर्बानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ अवस्था छ, हामीले यो लथालिङ अवस्थामा १४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने पार्टी प्रजा परिषदको बाटोमा जान धेरै दिन लाग्दैन है ।’
उनले भने, ‘पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने आफ्नो अनुभवबाट कन्क्लूजन ड्र गरेर अबचाहिं ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु ।’ नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण