सुरु हुँदै ‘द भ्वाइस किड्स’ मा ‘ब्लाइन्ड अडिसन’
सोमबार, ११ असोज २०७८, १४ : १४
६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारणमा आउने तरखरमा रहेको छ । हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले बालबालिकाकै गायन प्रतिभा निखार्ने उदेश्यले उक्त शो सुरु गरेको हो ।
केही अगाडि बालबालिकाहरूको अडिसन सम्पन्न भएको शो को ‘ब्लाइन्ड अडिसन’ तयारी भइरहको छ । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताए । शो प्रशारण भने एक महिना पछिबाट हुने पौडेलको भनाई रहेको छ ।
यो शोका लागि पनि ४ कोच छानिएका छन् । जसमध्ये दुई राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण