दुर्गाबहादुर बुढाथोकी सफाइ प्रकरण : अनुसन्धानमा त्रुटि भएको भन्दै प्रहरीबाट छानबिन समिति गठन
अपहरण मुद्दाका अभियुक्तलाई फरकफरक व्यक्ति परेको भन्दै जिल्ला न्यायाधीशले सफाइ दिएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धानमै त्रुटि गरेको कारण अभियुक्त छुटेको भन्दै महानगरीय प्रहरी कार्यालय (मेट्रो प्रहरी)ले छानबिन थालेको हो ।
महानगरीय प्रहरीका प्रवक्ता एसपी सुशिल सिंह राठौरका अनुसार प्रहरीले अदालतमा पेस गर्नुपर्ने कागजात पेस नगरेको र अनुसन्धानमै त्रुटि गरेको भन्दै यसबारे छानबिन गर्न समिति गठन भएको हो ।
उक्त विषयमा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका एसएसपी चक्र बहादुर सिंहको नेतृत्वमा समिति गठन भएको प्रवक्ता राठौरले जानकारी दिए । समितिले अनुसन्धान कसरी भयो, अनुसन्धानमा कमी कमजोरी कहाँ रह्यो भन्ने सम्बन्धमा छानबिन गरेर प्रतिवेदन तयार गर्नेछ ।
२०६५ सालमा भएको एक अपहरण मुद्दाका फरार प्रतिवादी दुर्गाबहादुर बुढाथोकीलाई सिआइबीको टोलीले २०७७ पुसमा भारतको दार्जिलिङबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै सिआइबीले थप अनुसन्धान गरी मुद्दा चलाउन भन्दै महानगरीय प्रहरी परिसरमा प्रतिवादी बुढाथोकीलाई बुझाएको थियो । परिसरबाट इन्सपेक्टर नानीकाजी थापाले उक्त मुद्दाको अनुसन्धान गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।
तर प्रहरी अनुसन्धानमा गर्नुपर्ने न्युनतम मापदण्ड पनि पूरा नगरेको, नेपाली नागरिक भएको पुष्टी हुने आधार अदालतलाई नदिएको र प्रहरीले नै नियतवश नागरिकता लगायतका कागजातको प्रतिलिपि पेस नगरेको कारण अभियुक्तले सफाई पाएको भन्दै प्रहरी र जिल्ला अदालतको आलोचना भइरहेको थियो । समितिले चाँडै अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
