मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गाबहादुर बुढाथोकी सफाइ प्रकरण : अनुसन्धानमा त्रुटि भएको भन्दै प्रहरीबाट छानबिन समिति गठन

सोमबार, ११ असोज २०७८, १४ : ४४
सोमबार, ११ असोज २०७८

अपहरण मुद्दाका अभियुक्तलाई फरकफरक व्यक्ति परेको भन्दै जिल्ला न्यायाधीशले सफाइ दिएपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धानमै त्रुटि गरेको कारण अभियुक्त छुटेको भन्दै महानगरीय प्रहरी कार्यालय (मेट्रो प्रहरी)ले छानबिन थालेको हो ।

महानगरीय प्रहरीका प्रवक्ता एसपी सुशिल सिंह राठौरका अनुसार प्रहरीले अदालतमा पेस गर्नुपर्ने कागजात पेस नगरेको र अनुसन्धानमै त्रुटि गरेको भन्दै यसबारे छानबिन गर्न समिति गठन भएको हो । 
उक्त विषयमा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका एसएसपी चक्र बहादुर सिंहको नेतृत्वमा समिति गठन भएको प्रवक्ता राठौरले जानकारी दिए ।  समितिले अनुसन्धान कसरी भयो, अनुसन्धानमा कमी कमजोरी कहाँ रह्यो भन्ने सम्बन्धमा छानबिन गरेर प्रतिवेदन तयार गर्नेछ । 

२०६५ सालमा भएको एक अपहरण मुद्दाका फरार प्रतिवादी दुर्गाबहादुर बुढाथोकीलाई सिआइबीको टोलीले २०७७ पुसमा भारतको दार्जिलिङबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै सिआइबीले थप अनुसन्धान गरी मुद्दा चलाउन भन्दै महानगरीय प्रहरी परिसरमा प्रतिवादी बुढाथोकीलाई बुझाएको थियो । परिसरबाट इन्सपेक्टर नानीकाजी थापाले उक्त मुद्दाको अनुसन्धान गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । 

तर प्रहरी अनुसन्धानमा गर्नुपर्ने न्युनतम मापदण्ड पनि पूरा नगरेको, नेपाली नागरिक भएको पुष्टी हुने आधार अदालतलाई नदिएको र प्रहरीले नै नियतवश नागरिकता लगायतका कागजातको प्रतिलिपि पेस नगरेको कारण अभियुक्तले सफाई पाएको भन्दै प्रहरी र जिल्ला अदालतको आलोचना भइरहेको थियो । समितिले चाँडै अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप