लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित
लेखक राजु अधिकारीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘राज्याभिषेक’ विमोचन गरिएको छ । लेखक राजु अधिकारीले चीनबाट तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट अनलाइनमार्फत सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
केही वर्षदेखि निरन्तर रुपमा साहित्यिक कृति प्रकाशन गर्दै आइरहेको ‘वी रिड’ प्रकाशनले सो पुस्तक बजारमा ल्याएको हो । विज्ञान विषयक कथा लेखनमा रुची राख्ने लेखक अधिकारीले आफ्नो पिताबाट प्रेरित भई साहित्य क्षेत्रमा कलम चलाउन सुरु गरेका हुन् । यस पुस्तकमा विज्ञानलाई जोडेर भविष्यमा हुनसक्ने सम्भाव्य घटनालाई काल्पनिक रूपमा उनले प्रस्तुत गरेका छन् ।
लेखनको हिसावले अधिकारीको यो पहिलो कृति नभए पनि प्रकाशनको हिसाबले यो उनको पहिलो प्रकाशित उपन्यास हो । यसअघि उनको ‘वी रिड’ प्रकाशनबाट लावण्यदेश कथासंग्रह प्रकाशित भइसकेको छ । ‘राज्याभिषेक’ राजु अधिकारीको पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय चेतना सम्पन्न कृति हो । यस कृतिले पृथ्वीलाई मानव र पशुपन्छीहरूको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारेको छ ।
मानिसले धर्तीका सबै श्रोत र साधनहरूमा आफ्नो एकल कब्जामात्र जमाएको छैन, यहाँ बस्ने जनावरहरूमाथि पनि निर्मम अत्याचार गरिरहेको तथ्य यो पुस्तकले उजागर गरेको छ । उपन्यासमा यो धर्ती मानिसको मात्र होइन, यहाँ बस्ने सबै जनावरको उत्तिकै अधिकार रहेको र मानिसले जनावरहरूको पनि भावना बुझ्नुपर्छ, उनीहरूलाई पनि स्वतन्त्रतापूर्वक धर्तीमा बाँच्न दिनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको छ ।
२३२ पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । यो पुस्तक बजारमा र अनलाइनमार्फत उपलब्ध हुने ‘वी रिड’ प्रकाशनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण