काठमाडौँ उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप
काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् ।
उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए । यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् ।
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन् । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण