म्याराडोनाले गर्थे शारीरिक हिंसा, पूर्व प्रेमिकाले गरिन् खुलासा
डिएगो म्याराडोनाको निधन भइसकेको छ । तर, उनीसँग जोडिएका विवादहरु सेलाएका छैनन् । म्याराडोनाकी एक पूर्व प्रेमिकाले अहिले आफूमाथि भएका शृंखलाबद्ध दुर्व्यवहारका घटनाबारे मुख खोलेकी छिन् । क्युवाकी माभ्यिस अल्भारेज अर्जेन्टिनाका पूर्व कप्तान म्याराडोनासँग चार वर्षसम्म प्रेम सम्बन्धमा थिइन् ।
म्याराडोनासँगको प्रेम सुरु हुँदा उनी केवल १६ वर्षकी थिइन् । म्याराडोनाले अल्भारेजबाट बच्चा जन्माउन चाहेका थिए । ‘हो, म पनि डिएगोको बच्चाकी आमा बन्न चाहन्थेँ । महिनावारी रोकिएका बेला गर्भ बसे–नबसेको परीक्षण गर्थें,’ अल्भारेजले भनेकी छिन्, ‘कालान्तरमा म आमा बने । तर, मेरा छोराछोरी म्याराडोनाका सन्तान होइनन् ।’
म्याराडोनाले आफुलाई स्तन बढाउनका लागि शल्यक्रिया गर्न दबाब दिएको पनि उनले बताइन् । त्यसैगरी, म्याराडोनाकै कारण आफुले कलेज छाड्नुपरेको उनको दाबी छ । ‘मैले स्कुल पढ्न छाडें किनकि म्याराडोना स्कुले किशोरीलाई प्रेमिका बनाउन चाहदैंनथिए । उनी म बिहानै स्कुल गएको हेर्न चाहदैंनथिए । म त्यतिबेला १६ वर्षकी थिएँ र १० कक्षा पढ्थेँ ।’
म्याराडोनाले आफ्नी आमासँग भेट्न समेत नदिएको अल्भारेजको आरोप छ । ‘मेरी आमा मलाई हेर्नका लागि ढोका ढक्ढक्याउँथिन् र रुन्थिन् । तर, म्याराडोनाले मेरो मुख थुनिदिन्थें र ढोका खोल्दैनथिए ।’ अल्भारेजले आफुमाथि शारीरिक हिंसा समेत भएको बताएकी छिन् । ‘उनले मलाई कुट्थें । धेरैपटक यस्तो भयो । एकपटक उनले मलाई डाइनिङ रुमबाट बाहिर धकेले, कारमा लगेर राखे अनि मेरो जगल्टा ताने,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण