आर्यनसमेत ८ लाई जेल वा जमानत ? आज निर्णय हुँदै, एक विदेशी पनि पक्राउ
क्रुज ड्रग्स पार्टी केसमा बिहिबारको दिन निकै महत्वपूर्ण छ । बिहिबार अभिनेता शाहरुख खानका छोरा आर्यन खानको नारकोटिक्स कन्ट्रोल ब्यूरोको कस्टडी समाप्त भइरहेको छ । आर्यनबाहेक आइतबार पक्राउ परेका ७ अन्य आरोपीको कस्टडी पनि आज नै समाप्त भइरहेको छ । एनसीबीले अब उनीहरुको कस्टडी माग्छ, माग्दैन त्यो केही समयमा नै थाहा हुन्छ ।
यसैबीच बुधबार अबेर राती नारकोटिक्स कन्ट्रोल ब्यूरोले एउटा ठूलो कारवाही गर्दै एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीमाथि क्रुजबाट पक्राउ परेका व्यक्तिलाई लागुऔषध आपूर्ति गरेको आरोप छ । आज आर्यनका वकिलले उनको जमानतका लागि अदालतसमक्ष निवेदन पनि दायर गर्न सक्ने बताइएको छ ।
यो मुद्दामा एनसीबीले हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना ७ अक्टोबरसम्म र अन्य ८ आरोपी ११ अक्टोबरसम्म एनसीबीको कस्टडीमा छन् । आर्यनबाहेक उनका साथी अरबाज मर्चेन्ट, विक्रान्त छोकर, गोमित चोपडा, इश्मीत सिंह चड्डा, मोहक जायसवाल, मुनमुन धामीचा र नूपुर सतिजाको कस्टडी पनि समाप्त नै समाप्त भइरहेको छ । यो मुद्दामा अधिकारीले कथित रुपमा कोकिन, मेफेड्रोन, चरेस, हाइड्रोपोनिक र एमडीएमएजस्ता थुप्रै ड्रग्स र १.३३ लाख भारु जफत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

