बाइडेन र सीबीच भर्चुअल सम्मेलन गर्ने सहमति
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै वर्षको अन्त्यमा पहिलो सम्मेलन हुने भएको छ । तर, यो सम्मेलन भर्चुअली आयोजना हुनेछ । सम्मेलनको मिति अझै खुलाइएको छैन । राष्ट्रपति चुलिएयता जो बाइडेनले सीसँग कुनै पनि औपचारिक भेट नै गरेका छैनन् । विश्वको पहिलो ठूलो अर्थतन्त्र अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपति बीचको यो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चिनियाँ शीर्ष कुटनीतिज्ञ याङ जिइचीबीचको ६ घण्टा लामो बैठकपछि बुधबार यस सम्मेलनबारे घोषणा गरिएको हो । अमेरिकी अधिकारीहरुले व्यक्तिगत भेटघाटमा जोड दिएका थिए । तर, महामारी सुरु भएयता सीले यस्ता भेटका लागि चिनियाँ भूमि छाडेका छैनन् । उनी आगामी महिना रोममा हुने जी २० सम्मेलनमा पनि सहभागी हुने छैनन् । जबकी, सामान्य अवस्थामा चिनियाँ नेताहरु प्रायः यो सम्मेलनमा सहभागी हुन्थे ।
९ सेप्टेम्बरमा बाइडेन र सीबीच टेलिफोन कुराकानी भएको थियो । उक्त कुराकानीका क्रममा दुई देशका सरकारबीच थोरैमात्र संवाद भएको विषयलाई दुबैले स्विकारेका थिए । त्यसयता उनीहरुले सम्मेलनको वातावरण बनाउनका लागि आफ्ना प्रतिनिधिहरूलाई भेट्न पठाए ।
जतिबेला स्वीटजरल्यान्ड ज्युरिटमा सुलिभान वार्ताका लागि पुगेका थिए, त्यतिबेला चिनियाँ एयरफोर्स ताइवानको एयर डिफेन्स क्षेत्रमा छिरेको थियो । ताइवानका लागि यो चीनको स्पष्ट चेतावनी थियो । र, यही समय अमेरिकाले पनि अस्ट्रेलियालाई नयाँ आणविक शक्तियुद्ध सवमारियन्सहरु उपलब्ध गराउने घोषणा गरेको थियो । चिनियाँ समून्द्री तट होस् र साउथ चाइना सीका विवादास्पद इलाकामा बिस्फोट गराउनसक्ने सामथ्र्य यी हतियारले राख्छन् ।
दुई देशबीच यही अवधिमा बन्दी बनाइएका नागरिकहरुलाई रिहा गर्ने काम पनि भएको थियो । अमेरिकाको पहलमा क्यानडाले चिनियाँ टेलिकम्युनिकेसन हुवेईका एक शीर्ष अधिकारीलाई चीन फर्कन दिएको थियो । केही घण्टाभित्रै चीनले पनि आफ्नो देशमा बन्धक बनाइएका दुई अमेरिकी र दुई क्यानाडेली नागरिकलाई घर फर्काइदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण