काँग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने
बिहीबार, २१ असोज २०७८, १७ : ५०
नेपाली काँग्रेसले यो वर्ष चियापानको कार्यक्रम आयोजना नगर्ने भएको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापानको कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने जानकारी दिएका हुन् ।
‘महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले पर्व मनाइरहँदा कोरोना महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण