आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्क र नागढुंगाका इन्सपेक्टरको सरुवा

शुक्रबार, २२ असोज २०७८, १० : ५५
शुक्रबार, २२ असोज २०७८

उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा र नयाँ बसपार्कका इन्सपेक्टरको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापा र बसपार्कमा कार्यरत रमेश विष्टलाई सरुवा गरेर  नयाँ अधिकृतहरूलाई खटाएको छ । नागढुंगामा इन्सपेक्टर निरु दुवाल र नयाँ बसपार्कमा सुमन न्यौपानेलाई पठाइएको महानगरीय प्रहरी कार्यालयका डिआइजी उत्तम सुवेदीले रातोपाटीलाई बताए । नागढुंगामा निरिक्षक सहितको टिम नै नयाँ पठाइएको छ ।

‘काम कारवाहीलाई थप प्रभावकारी बनाउन नागढुंगाको टिम परिवर्तन गरिएको हो’ डिआइजी सुवेदीले भने–‘पुरानो भएपछि जाँगर हराउँछ, नयाँले जोशका साथ काम गर्छन् ।’ नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापालाई नयाँ बानेश्वरमा सरुवा गरिएको छ । रमेश विष्टलाई महानगरीय प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप