नयाँ बसपार्क र नागढुंगाका इन्सपेक्टरको सरुवा
शुक्रबार, २२ असोज २०७८, १० : ५५
उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा र नयाँ बसपार्कका इन्सपेक्टरको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापा र बसपार्कमा कार्यरत रमेश विष्टलाई सरुवा गरेर नयाँ अधिकृतहरूलाई खटाएको छ । नागढुंगामा इन्सपेक्टर निरु दुवाल र नयाँ बसपार्कमा सुमन न्यौपानेलाई पठाइएको महानगरीय प्रहरी कार्यालयका डिआइजी उत्तम सुवेदीले रातोपाटीलाई बताए । नागढुंगामा निरिक्षक सहितको टिम नै नयाँ पठाइएको छ ।
‘काम कारवाहीलाई थप प्रभावकारी बनाउन नागढुंगाको टिम परिवर्तन गरिएको हो’ डिआइजी सुवेदीले भने–‘पुरानो भएपछि जाँगर हराउँछ, नयाँले जोशका साथ काम गर्छन् ।’ नागढुंगामा कार्यरत त्रिभुवन सिंह थापालाई नयाँ बानेश्वरमा सरुवा गरिएको छ । रमेश विष्टलाई महानगरीय प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण