च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च
आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याउएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।
अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पु¥याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुइदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भएपनि अहिले त्यसको संख्या घटेर पाँच÷सात सयमा झरेको छ ।
मुस्ताङमै भेडा च्याङ्ग्राको मुल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए ।
“मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य ३२ हजार प¥यो, एक दुई हजार नाफा खानै प¥यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ” उनले भने “च्याङ्ग्रीलाई समेत १७ हजार बढी मुल्य पर्ने भएको छ, आठ दिनको हिडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगमी दिनमा च्याङ्ग्राको मुल्य छोइ नसक्नु हुने छ ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउदै छन् ।
अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु। एक हजार ८०० कारोबार शुरु भएको छ । हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुँने भएपनि वडा दशैमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण