धरानमा पहिरोले पुरिएर दुई बालबालिकाको निधन
मङ्गलबार, ०२ कात्तिक २०७८, १८ : ०३
सुनसरीको धरानमा पहिरोले घर पुरिँदा दुईजना बालबालिकाको निधन भएको छ । पहिरोमा परेर धरान उपमहानगपालिका–१३ स्थित नागेश्वर मार्ग बस्ने ८ वर्षीया निसु राई र ४ वर्षका निहानको मृत्यु भएको धरानका डिएसपी नरेन्द्र कुवरले रातोपाटीलाई बताए ।
अविरल वर्षासँगै मंगलबार दिउँसो पहिरो खस्दा घरमाथिको पर्खाल खसेर स्थानीय निशान राईको घर पुरेको थियो । मृतक बालबालिका निशान राईकी छोरी र छोरा हुन् । मृतक बालबालिकाको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण