राष्ट्र बैङ्कको निर्देशनले उकालो लाग्यो सेयर बजार
नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन वाणिज्य बैङ्कहरूलाई दिएको ३ बुँदे निर्देशनले सेयर बजारमा उकालिएको छ । बैङ्कहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याएपछि सेयर बजार सोमबार ६९ अङ्क र मंगलबार ७७ अङ्कले घटेको थियो ।
तर, हिजो साँझ राष्ट्र बैङ्कले २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बजारमा सुधार आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अङ्कले बढ्दै २५ सय ७१ अङ्क पुगेको छ । यस क्रममा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख कित्ता सेयर किनबेच भएको छ । बजार ६० अङ्कले बढ्दा सबै समूहमा सुधार आएको छ । आज निर्जीवन बीमा समूह २४८ र जीवन बीमा समूह सबैभन्दा बढी १८९ अङ्कले बढेको छ ।
यसपछि विकास बैङ्क समूहमा १४१, उत्पादनमूलक समूह १२२, वित्त १२१, जलविद्युत १०८ र होटल एण्ड टुरिजम समूह ९१ अङ्कले बढेको छ । बजार बढेको दिन मैलुङ खोला विद्युत् कम्पनी, आँखु खोला, युनिभर्सल पावर, सीईडीबी हाइड्रोपावरसहित थप ४ वटा कम्पनीको लगानीकर्ताले मनग्य कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण