रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट कमब्याक
खेल सकिन ९ मिनेट अघि हेडरमार्फत क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अटलान्टाविरुद्ध ओल्ड ट्राफोडमा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा युनाइटेडले २ गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको हो ।
मारियो पासालिक र मेरिह डेमिरालले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० गोलले पछि परेको थियो । हाफटाइम ब्रेकमा युनाइटेडका समर्थक नै आफ्नो टोलीमा माथि खनिन थालेका थिए । तर, दोस्रो हाफमा भने खेलको दिशा नै परिवर्तन भएको थियो ।
खेलको ५३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल फर्काए । ७५ औँ मिनेटमा कप्तान ह्यारी मग्वायरले बराबरी गोल गोल । त्यसपछि खेलको ८१ औँ मिनेटमा लुक शको पासमा हेडमार्फत गोल गर्दै रोनाल्डोले पुनरागमन पुरा गरे । प्रतियोगितामा उनको यो १३७ औँ गोल थियो ।
जीतसँगै युनाइटेड ६ अंक सहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । समूहको अर्को खेलमा भिल्लेरियालले योङ ब्वाइजलाई ४–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण