बाढीले लुम्बिनी प्रदेशमा ४ अर्बको धानबाली नष्ट
शनिबार, ०६ कात्तिक २०७८, १४ : ०९
देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ । भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्ट गरेपछि चालू आर्थिक वर्षमा विदेशबाट हुने धानको आयात बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सदस्यीय बक्सिङ टोली थाइल्यान्ड जाने
-
पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहिले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु
-
सिरोहिया भेट्न कांग्रेस नेताको लर्को
-
अर्थतन्त्र शिथिल बन्दा खुम्चियो वीगरञ्ज भन्सारको आयात
-
श्रेणीविहीन कर्मचारीको तलब ४५ हजार बनाउन माग
-
कृषिलाई प्रविधिमैत्री बनाउन सरोकारवालाको जोड