बाढीले लुम्बिनी प्रदेशमा ४ अर्बको धानबाली नष्ट
शनिबार, ०६ कात्तिक २०७८, १४ : ०९
देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ । भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्ट गरेपछि चालू आर्थिक वर्षमा विदेशबाट हुने धानको आयात बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण