डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।
शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ । त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्रक्रिया पूरा गरेर डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ ।’ डडेल्धुरा काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो ।
उनले पार्टीको बिभिन्न स्थानमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र छानविन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामहरूमा पनि तलमाथि पारिएको आरोप लगाए । उनले भने, ‘पार्टीको निर्वाचन प्रक्रिया स्वच्छ हुनुपर्छ, मैले पार्टी सभापतिलाई तुरुन्त कार्यसमिति बनाएर महाधिवेशन सम्पन्न गर्न आग्रह गरेको छु ।’
नेता पौडेलले आफू बाढी पहिरो निरीक्षण गर्न तथा किसानहरूप्रति सहानुभूति जनाउन सुदूरपश्चिम आएको बताए । नेता पौडेलले आफु काठमाडौं फर्किएलगत्तै राहतको प्याकेज ल्याएर किसानलाई वितरण गर्न सरकारलाई अनुरोध गर्ने आश्वासन दिए । २ दिने सुदूरपश्चिम भ्रमणमा आएका पौडेलले कञ्चनपुर र कैलालीका बाढी प्रभावित क्षेत्रको अवलोकन पछि पीडितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण