सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते
शनिबार, ०६ कात्तिक २०७८, १४ : ३७

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका