६० करोडको बंगलामा बस्छन् ‘बाहुबली’ प्रभास, के–के छन् सम्पत्ति ?
लजालु स्वभावका साउथ अभिनेता प्रभासको जीवनशैली शानदार छ । ४२ वर्षीय प्रभासले दक्षिणी भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान सह्रानिय छ । उनले ५ वर्ष लगाएर खेलेको फिल्म ‘बाहुबली’ ले प्रभासलाई मात्रै होइन दक्षिणी भारतीय फिल्मलाई पनि निकै अगाडि ल्यायो । यो फिल्मपछि प्रभासको कुल सम्पत्ति पनि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक रिपोर्टका अनुसार बाहुबलीका लागि प्रभासले २५ करोड (भारतीय रुपिँया) लिएका थिए । दक्षिणी भारतका दर्शकले उनलाई ‘डार्लिङ’ भनेर बोलाउने गर्छन् । किनकी उनले २०१० मा रोमान्टिक कमेडी फिल्म ‘डार्लिङ’ मा काम गरेका थिए । उनले सन् २०१२ मा ‘रेबेल’ मा काम गरे । त्यसपछि उनी रेबेल स्टारले चिनिए । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासले एउटा फिल्म खेलेको ८० देखि १२० करोड (भारतीय रुपिँया) पारिश्रमिक लिन्छन् ।
उनले हैदराबाद नजिकै जुबली हिल्समा उनको निकै ठूलो आलिशान बंगला छ । जसको मूल्य ६० करोड (भारतीय रुपिँया) बराबर छ । उक्त घरलाई फार्महाउसको सुविधालाई मध्यनजर गरेर बनाइएको छ । जसमा निजी जिम, पुल देखि ठूलो बगैँचा पनि छ ।
उनी ८ करोड (भारतीय रुपिँया) को रोल्स रोयस फ्यान्टम कारको मालिक पनि हुन् । यसका साथै, उनीसँग रिटजी बीएमडब्ल्यु एक्स३ र ज्यागआर एक्सजेआर जस्ता आलिशान कार पनि छ । प्रभासको घरमा १.५ करोड मूल्यको सुसज्जित कसरत गर्ने जिमखाना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण